Rashtriya Dainik

पञ्चनगर स्वास्थ्य चौकीमा सामाजिक परीक्षण तथा आमभेला सम्पन्न, सेवा विस्तारको माग

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ बैशाख

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९ अन्तर्गत पञ्चनगर स्वास्थ्य चौकीको सेवा, सुविधा र गुणस्तर सम्बन्धी सामाजिक परीक्षण कार्यक्रम तथा आमभेला मंगलबार सम्पन्न भएको छ।

कार्यक्रम स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ९ का अध्यक्ष चन्द्रकान्त चापागाईको अध्यक्षता तथा बर्दघाट नगरपालिका उपप्रमुख रुद्रप्रकाश उपाध्यायको प्रमुख आतिथ्यता सम्पन्न भएको हो।

उक्त कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख ईश्वरीप्रसाद न्यौपाने, वडा नं. ९ का जनप्रतिनिधिहरू, स्वास्थ्य व्यवस्थापन समिति, टोल विकास समिति, स्वास्थ्य आमा समूह, विभिन्न सरोकारवाला संघ–संस्था, ज्येष्ठ नागरिक तथा सेवाग्राहीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सुसेली कला समूहका अध्यक्ष बद्रीप्रसाद सुवेदीको सहजीकरणमा सञ्चालन भएको कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख बाबुराम तिमिल्सिनाले चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा सहभागी सेवाग्राहीहरूले स्वास्थ्य चौकीले हालसम्म सञ्चालन गरेका कार्यक्रमहरूको प्रभावकारिता राम्रो रहेको प्रतिक्रिया दिँदै थप सेवा विस्तारको आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा स्वास्थ्य सेवाको गुणस्तर सुधार, पहुँच विस्तार तथा नागरिकमैत्री सेवा प्रवाहमा जोड दिइएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित