Rashtriya Dainik

रास्वपाको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित

काठमाडौं ,१३ साउन

सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री सहभागी भएनन्।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा सुरु भएको छलफल सुनसरीमा विकसित पछिल्लो अवस्था, सामाजिक सद्भाव र शान्ति–सुरक्षासम्बन्धी विषयमा केन्द्रित रहेको जनाइएको छ।

बैठकमा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भए पनि सरकारका तर्फबाट प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थिति रहेको बताइएको छ। सुनसरी घटनापछि सरकारको भूमिकालाई लिएर विभिन्न तहबाट प्रश्न उठिरहेका बेला उनीहरूको अनुपस्थितिले थप राजनीतिक चर्चा पाएको छ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राप्रपा, जनमत पार्टीलगायत विभिन्न दलका नेताहरू सहभागी भएका छन्।

रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक रूपमा फैलिन सक्ने द्वेष न्यूनीकरण, सद्भाव कायम गर्ने तथा शान्ति–सुरक्षाका पक्षमा साझा राजनीतिक सन्देश दिन सर्वदलीय छलफल आयोजना गरिएको बताएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित