Rashtriya Dainik

पश्चिम नवलपरासीमा नेपाली काङ्ग्रेसद्वारा आयोजित “जरा अभियान” कार्यक्रमको शुभारम्भ

आरपि उपाध्याय / नवलपरासी ,१५ बैशाख

पश्चिम नवलपरासीमा नेपाली काङ्ग्रेसद्वारा आयोजित “जरा अभियान” कार्यक्रमको शुभारम्भ भएको छ।
नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र न.१ नवलपरासी ब.स.प. को आयोजनामा प्रतापपुर १ भिठ्ठामा कार्यक्रम सुरुवात भएको हो।

नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति मुकुल कुमार आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य राम बहादुर कार्कीले “जरा अभियान” द्वारा केन्द्रको नीति निर्देशनलाई जिल्ला,क्षेत्र,पालिका, वडा र टोलसम्म सबैमा सरल र सहज ढंगसम्म पुर्याउने लक्ष्य रहेको बताउनु भयो।

केन्द्रिय सदस्य कार्कीले वडा,टोल र पालिकामा भएका पार्टी संगठनको वास्तविक अवस्था र निर्वाचनमा भोग्नुपरेको पराजयका कारणलाई केन्द्र समक्ष प्रतिवेदन स्वरुप पठाइने जानकारी दिदै क्रियाशिल सदस्यता प्राप्तिको नयाँ प्रक्रियाबारे जानकारी दिदै क्रियाशिल सदस्यता प्राप्त गर्ने विधिलाई विधान सम्मत रुपमा पाउने तरिकाबारे जानकारी गराउनु भयो।
पार्टीका क्षमतावान कार्यकर्ताहरुलाई पहिचान गरी कार्य क्षमताको आधारमा मुल्यांकन गरिने पनि कार्कीले प्रष्ट पार्नुभयो।

सो कार्यक्रममा केन्द्रिय प्रतिनिधि रमेश खनालले पार्टीद्वारा सञ्चालित “जरा अभियान” कार्यक्रमबाट कार्यकर्ताको वास्तविक मुल्यांकन हुने र वडा,पालिका तहबाट प्राप्त सुझावलाई अक्षरस्व: केन्द्रमा पठाउने जानकारी दिनुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठक,ने.का. जिल्ला उपाध्यक्ष अनिल गौड,सचिव उमेशचन्द्र यादव, प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरी,नारायण पाण्डे,कमल थापा,भिमकाजी गुरुङ,बन्हु प्रसाद वरई, छबिलाल सापकोटा,सुर्य न्यौपाने,मुरली कृष्ण खनाल लगायतले पार्टी संगठनलाई बलियो बनाउन “जरा अभियान” कार्यक्रम फलदायी रहने कुरामाथी जोड दिनुभएको थियो।

कार्यक्रममा क्षेत्र न.१ अन्तर्गतका महाअधिवेशन प्रतिनिधि,प्रदेश सभा सदस्य,जिल्ला कार्यसमिति सदस्य, क्षेत्रीय प्रतिनिधि,वडा सभापतिहरु लगायतको उपस्थिति रहेको क्षेत्रीय सचिव राम प्रसाद जोशीले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित