Rashtriya Dainik

सरकारी कागजात दुरुपयोग मुद्दामा सुस्ता–५ का वडाअध्यक्ष र वडासचिव पक्राउ

राष्ट्रिय दैनिक / नवलपरासी, बैशाख १५ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष प्रभुनाथ अहिर र वडासचिव सञ्जय कुमार चौधरी सरकारी कागजात दुरुपयोग मुद्दामा पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय बेलाटारीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी विरदत्त पन्तका अनुसार अध्यक्ष अहिर र वडासचिव चौधरीलाई थप अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालतमा पेश गर्ने तयारी गरिएको छ।

प्रहरीका अनुसार सरकारी कागजात दुरुपयोगसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित