Rashtriya Dainik

तलब नपाएको भन्दै पर्साको छिपहरमाई गाउँपालिकाका कर्मचारीहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी

राजन कुमार बानिया
पर्सा १४ बैशाख
तलब नपाएको भन्दै पर्साको छिपहरमाई गाउँपालिकाका कर्मचारीहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गरि धर्ना बसेका छन् । गाउँपालिका तथा वडा कार्यालयहरूमा कार्यरत करारका कर्मचारीहरू ७ महिनादेखि तलब नपाएको गुनासो गर्दै आन्दोलनमा उत्रिएका हुन। कर्मचारीहरू बिहान ९ बजेदेखि गाउँपालिकाको भिस्वास्थित कार्यालय अगाडि धर्नामा बसेका छन् भने कार्यालयका सम्पूर्ण कामकाज ठप्प पारेका छन् । उनीहरूले लामो समयदेखि तलब नपाउँदा दैनिक जीवन सञ्चालनमै समस्या भएको बताएका छन ।
वडा नं. ५ का कम्प्युटर अपरेटर लालबाबु महमदका अनुसार आफूहरू कात्तिक महिनादेखि तलबविहीन भएका छन् । उनले भने, “लामो समयदेखि तलब नपाएर हामी समस्यामा परेका छौं । माघ महिनादेखिको म्याद पनि थप भएको छैन र कात्तिक महिनादेखि अहिलेसम्म तलब पनि पाएका छैनौं ।
कर्मचारीहरूले तलब निकासाका लागि प्रमुख प्रशासकीय अधिकृत र लेखापालसँग पटक–पटक सम्पर्क गरे पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् । उनीहरूका अनुसार गाउँपालिका र मातहतका वडा कार्यालयहरूमा कार्यरत करिब ५० जना कर्मचारी ७ महिनादेखि तलबविहीन छन।
कर्मचारीहरूको धर्नाका कारण गाउँपालिका कार्यालयसहित पाँचवटै वडा कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ । यसबाट सेवाग्राहीहरू आवश्यक सेवा लिनबाट वञ्चित भएका छन।
यस विषयमा प्रतिक्रिया लिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कादिर बाबु देवानसँग सम्पर्क गर्न खोज्दा फोन उठेन । यद्यपि, देवानको स्थानमा संजीव कुमार साहको सरुवा भएकाे वताइए पनि उनी हालसम्म हाजिर भएका छैनन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित