राष्ट्रिय दैनिक /नवलपरासी , बैशाख १४ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ। सम्पन्न पालिका स्तरीय प्रथम भेलाले विरेन्द्र यादवको नेतृत्वमा ११ सदस्यीय पालिका तदर्थ समिति सर्वसम्मत चयन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि एवं रास्वपाका नेता तथा संघीय सांसद विक्रम खनालले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये यस क्षेत्रको विकासमा कुनै पनि किसिमको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनताको अपेक्षा अनुसार काम गर्न र स्थानीय समस्या समाधानका लागि पार्टी सधैं अग्रसर रहने विश्वास दिलाउनुभयो।
रास्वपा नवलपरासीका कार्यवाहक अध्यक्ष रबी पाण्डेले संगठनको शुद्धीकरण र विस्तारमा जोड दिनुभयो। रास्वपा नवलपरासीका सचिव, अमर पाठक कार्यक्रमको संचालन गर्दै उहाँले पार्टीको आगामी कार्यदिशाबारे प्रकाश पार्नुभयो।
— भेलाका वक्ताहरूले “अबको मुख्य लक्ष्य भनेको गाउँ-गाउँमा पुगेर संगठनलाई मजबुत बनाउनु र आम नागरिकलाई वैकल्पिक राजनीतिको प्रत्याभूति गराउनु हो।” भन्ने बारे प्रकाश पार्नुभयो।

भेलाले विरेन्द्र यादवको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन , सरावलका सबै वडाहरूमा छिट्टै वडा समिति विस्तार गर्ने लक्ष्य र स्थानीय विकास निर्माणका काममा निगरानी र सहजीकरण गर्ने मुख्य निर्णयहरू गरेका छन् ।
यस भेलासँगै सरावलमा रास्वपाको सांगठनिक गतिविधिले नयाँ उचाई लिने स्थानीय नेताहरूको विश्वास छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

