Rashtriya Dainik

जेष्ठ नागरिकलाई सम्मान,जेष्ठ नागरिकका लागि भवन निर्माण गर्ने नगर प्रमुखको प्रतिबद्धता

राष्ट्रिय दैनिक /नवलपरासी,१२ बैशाख

जेष्ठ नागरिक मुस्कान केन्द्रले ८० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ। समाजका अनुभवी र मार्गदर्शक व्यक्तित्वका रूपमा ज्येष्ठ नागरिकहरूलाई उच्च सम्मान गर्दै केन्द्रले बर्दघाट १५ मा एक कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा नगरप्रमुख शम्भुलाल श्रेष्ठले ज्येष्ठ नागरिकहरू समाजका सम्मानित पात्र भएको उल्लेख गर्दै उनीहरूको अनुभव, ज्ञान र योगदानलाई राज्य तथा समाजले सदैव कदर गर्नुपर्ने बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकका हकहित संरक्षणका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको समेत जानकारी दिनुभयो ।

नगरप्रमुख श्रेष्ठले ज्येष्ठ नागरिकका लागि भवन निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। यस्तो भवनले ज्येष्ठ नागरिकहरूलाई भेला हुने, अनुभव आदानप्रदान गर्ने तथा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले मुस्कान केन्द्रले दिएको सम्मान र जमघट हुने बाताबरण तयार गरेको प्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि आफ्ना आवश्यकता र अधिकारप्रति स्थानीय सरकारले ध्यान दिने अपेक्षा गरेका थिए।हरेक बर्ष जेष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम गर्दै आईएको केन्द्रका अध्यक्ष दुर्गा उपाध्यायले बताउनु भयो ।

स्थानीय तहले जेष्ठ नागरिक मैत्री सेवाका लागि अवधारणा अघि सार्नु पर्ने सस्थाका सल्लाहकार मधुसूदन अर्यालले बताउनु भयो ।

बर्दघाट नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न योजना अघि बढाउँदै आएको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित