Rashtriya Dainik

सरावल गाउँपालिकाको आयोजनामा SEE विद्यार्थीका लागि आधारभूत कम्प्युटर तालिम शुभारम्भ : २५ जना सहभागी

राष्ट्रिय दैनिक / नवलपरासी ,१२ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको आयोजना तथा ब्रदर्श एकेडेमी सेन्टर सरावल–३ गोइनीको प्राविधिक सहयोगमा SEE दिएर बसेका विद्यार्थीहरूका लागि आधारभूत कम्प्युटर तालिम शुभारम्भ गरिएको छ।

कार्यक्रमको अध्यक्षता ब्रदर्श एकेडेमीका सञ्चालक सुनिल प्रजापतिले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी रहनुभएको थियो।

तालिमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले आजको डिजिटल युगमा कम्प्युटर सीप अनिवार्य भएको उल्लेख गर्दै यस्ता सीपमूलक तालिमले विद्यार्थीहरूलाई आत्मनिर्भर, सक्षम र भविष्यमा रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै कार्यक्रममा सरावल गाउँपालिका निवर्तमान अध्यक्ष राधेश्याम चौधरीले विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता र प्रविधिप्रति रुचि बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।

राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक उमेश बि.क. ले प्रविधि शिक्षाले पत्रकारिता र अन्य पेशागत क्षेत्रमा समेत ठूलो सम्भावना खोल्ने धारणा राख्नुभयो। समाजसेवी हरिलाल यादवले पनि तालिमलाई समयसापेक्ष र आवश्यक कार्यक्रमका रूपमा प्रशंसा गर्नुभयो।

कार्यक्रममा सरावल उद्योग वाणिज्य संघका अध्यक्ष शुसान्त शर्मा घिमिरे, सरावल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जय मौऱ्य, फुलचन्द्र प्रजापति, सन्दिप प्रजापति, र रेजिना चौधरी लगायतको उपस्थिति रहेको थियो।

स्वागत मन्तव्य ज्योति गुप्ताले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन केशव चौधरीले गर्नुभएको थियो।
तालिममा सरावल गाउँपालिका अन्तर्गतका २५ जना विद्यार्थीहरूको सहभागिता रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित