राष्ट्रिय दैनिक / नवलपरासी ,श्रावण–१३
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल,लुम्बिनी प्रदेशले पश्चिम नवलपरासीमा जिल्ला भेला सम्पन्न गरेको छ ।
लुम्बिनी प्रदेशका कार्यवहाक अध्यक्ष द्रोण प्रसाद जैसीको अध्यक्षमा भएको उक्त भेलाले गुप्त बहादुर के.सी.को अध्यक्षतामा १३ सदस्य नयाँ जिल्ला कार्यसमिति चयन गर्नुका साथै खानेपानी संस्थाका समिति तथा ब्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम समेत सम्पन्न भएको छ ।
बर्दघाट नगरपालिकाको सभाहलमा भएको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्षभरी गरेका राम्रा कामहरु उपभोक्ताले विर्सेर एक दिन मात्र खानेपानी धमिलो वितरण भएमा अपजस पाईने भन्दै खानेपानी संस्थाहरुमा रहेर काम गर्ने ब्यक्तिहरु बढी सचेत र जिम्मेवार हुन जरुरी रहेकोमा जोड दिनु भयो । त्यसैगरी बर्दघाट नगरले निःशुल्क खानेपानी ल्याप सञ्चालन गर्ने देखि एक घर एक धाराको अभियानलाई अघिसारेको समेत बताउनु भएको थियो ।

सोहि कार्यक्रममा बोल्दै राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष खेमराज वलीले अहिलेको सरकारले खानेपानीको क्षेत्रमा गुगोलमा खोजेर काम गरेको भएपनि भुगोलमा बुझेर कुनै काम नगरेको आरोप लगाउनु भएको थियो । पानीमा कुनै रंग र राजनिति नभएझै सरकारले पनि सबै खानेपानी संस्थाहरुलाई पहुँचको भरमा नभै समान ब्यवहार गरेर आयोजनाहरु दिनु पर्नेमा जोड दिनु भएको थियो ।
त्यसैगरी राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका संस्थापक महासचिव धिरज शर्माले संस्थास्थापनाका वेला भएका प्रयासहरुका वारेमा स्मरण गराउनु भएको थियो भने खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय,बुटवलका कार्यालय प्रमुख ई.अतुलेश कर्णले लुम्बिनी प्रदेशका ६ जिल्लाहरु मध्ये सबैभन्दा बढी आर्सनीक भएको जिल्ला पश्चिम नवलपरासी रहेको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका सल्लाहकार चोक प्रसाद धिताल,कोषाध्यक्ष नारायणी भट्टराई लगाएतले आ–आफ्ना धारणाहरु राख्नु भएको थियो ।
नवलपरासी जिल्ला समिति गठन
राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाललेनवलपरासी जिल्लामा समिति गठन गरेको छ । अध्यक्षमा गुप्त बहादुर के.सी. चयन हुनु भएको छ भने उपाध्यक्षमा मञ्जु नयौपाने पाण्डे र महासचिवमा केशवकान्त न्यौपाने चयन हुनु भएको छ ।

त्यसैगरी समितिको सचिवमा शान्ति पोखरेल पौडेल र कोषाध्यक्षमा गोमा आचार्य,सदस्यमा राधादेवि अधिकारी,गणेशचन्द्र गुप्ता,तारबहादुर पौडेल क्षेत्री,कृष्णा क्षेत्री,ओम प्रकाश चौधरी,राजेन्द्र शर्मा संजय कुमार कानु रहनु भएको छ । बाँकी एक जना पछि समितिले मनोनयन गर्ने गरी समिति गठन गरीएको निर्वाचन समितिका संयोजक अधिवक्ता रामकृष्ण पौडेलले जानकारी दिनु भएको छ । निर्वाचन समितिमा बर्दघाट नगर खानेपानी शाखाका फोकल प्रर्सन कृष्णहरि पौडेल र ईन्द्र लामिछाने रहनु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

