Rashtriya Dainik

आज तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा झर्‍यो ?

काठमाडौं,१० बैशाख । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार ८०० र चाँदी ११० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७०० र त्यति नै परिमाणको चाँदी ५ हजार २० रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख पाँच हजार र त्यति नै परिमाणको चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।

गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी ५ हजार १६० रुपैयाँमा किनबेच भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित