Rashtriya Dainik

भारत लैजाँदै गरेको २० किलो ६८७ ग्राम गाँजासहित भारतीय नागरिक पर्साबाट पक्राउ

पर्सा, ६ साउन

पर्साको जगरनाथपुर गाउँपालिका–४ स्थित हुलाकी सडकबाट प्रहरीले २० किलो ६८७ ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मंगलबार चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको BR06BH5496 नम्बरको कारलाई शंकाको आधारमा रोकी जाँच गरेको थियो।
जाँचका क्रममा कारको पछाडिको सिटमुनि लुकाइछिपाइ राखिएको अवस्थामा २० किलो ६८७ ग्राम गाँजा फेला परेपछि कारसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, सितामढी जिल्ला, ग्राम पञ्चायत ताल, डुम्रा वडा नं. ३३ निवासी ३३ वर्षीय रहम्द अन्सारी रहेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गाँजा, कार तथा पक्राउ परेका अन्सारीलाई नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित