राजन कुमार बानिया
पर्सा ६ सावन
पर्साको छिपहरमाई गाउँपालिकाको चर्म लापरवाहीका कारण छिपहरमाई गाउँपालिकाको २०८३/०८४ को नीति तथा कार्यक्रम गाउँ सभा कार्यक्रम नहुदा बिकास निर्माणको बजेट सम्म कटौती हुने र सो गाउँपालिकाका जनताहरुको काम काज नहुदा समस्यामा परेका छ।
छिपहरमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत संजिव साहले सम्यमा कार्यालय नअाउदा गाउँपालिकाको गाउँ सभा सहित सम्पुर्ण काम काज थप भएको छ। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत साहले जेष्ट ७ गते कार्यालयमा हाजिर भई कार्यालयमा समयमा नअाउने र असाढ ११ गते कार्यालयमा पुगी बैंक खाता समेत नखोली एकै चोटि हाजरी पुस्तिकामा असाढ १५ गते देखि १९ गते सम्मको घर बिदा लिएर अहिले सम्म अनुपस्थित रहेकोले गाउँपालिकाको गाउँ सभा नभएको हो।
निति तथा कार्यक्रम गाउँ सभामा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत उपस्थिति नभएमा गाउँ सभा नै नहुने प्रवधान रहेको छ। गाउँ सभा हुननसकेको बारे गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता संग कुरा गर्दा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत साह समयमा गाउँपालिका कार्यालय नअाएको कारण गाउँ सभा तथा जनता हरुको कामकाज हुन नसकेको बताए ।
आफु चार चोटि प्रमुख प्रशाकिय अधिकृत साहलाई कार्यालयमा उपस्थिति गराउन भुमि ब्यवसथा सहकारी ,संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय सिंहदरबारमा र जिल्ला प्रशासन कार्यलय पर्सामा परिपत्र गरिसकेपनी र फोन मार्फत तागादा गरेपनी अहिले सम्म कुनै सुनवाही नभएको हो र अहिले सम्म प्रमुख प्रशासकीय अधिकृत साह अनुपस्थित रहेकोले गाउँ सभा हुन नसकेको अध्यक्ष गुप्ताले बताए ।
गाउँ सभा गर्न हामी सबै जनप्रतिनिधि त्यार रहेकोले प्रमुख प्रशासकीय अधिकृत साहको अनुपस्थित रहेकोले ढिलाई भएको छ। यस्को सम्बन्धमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत साह संग फोन सम्पर्क खोजदा फोन सुईच अफ रहेकोले कुनै प्रतिक्रिया नअाएको हो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

