Rashtriya Dainik

त्रिवेणी धाममा मनाइयो बि.पी. कोइरालाको ४४ औं स्मृति दिवस, योग अभ्यास र फलफूलका बिरुवा वितरण

राष्ट्रिय दैनिक / नवलपरासी

नेपाली काङ्ग्रेसका संस्थापक नेता जननायक वि.पि. कोइरालाको ४४ औं स्मृति दिवस पुर्वी नवलपरासीको त्रिवेणी धाममा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ।
नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ६ वडा कार्यसमितिको आयोजनामा वि.पि. स्मृति दिवस अन्तरक्रिया कार्यक्रम सहित योग अभ्यास गरी मनाइएको हो।
वडा न.६ का वडा सभापति वीर बहादुर ठकुरीको अध्यक्षतामा अन्तरक्रिया सहितको योग अभ्यास कार्यक्रम गरी स्मृति दिवस मनाइएको थियो।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि आर.पि. उपाध्यायले महामानव वि.पि. कोइरालाले देखाउनु भएको राजनीतिक विचार वर्तमान समयमा पनि सान्दर्भिक बन्दै गएको बताउदै वि.पि. कोइरालाले आफ्नो घाटीमा भएको क्यान्सर रोगको प्रवाह नगरी देशमा रहेको पञ्चायती शासन रूपी क्यान्सर हटाउने अभियानमा लड्ने एक साहसी राजनेता रहेको चर्चा गर्नुभयो।
उपाध्यायले वि.पि. को विचार र सिद्धान्त को माला जप्ने तर काङ्ग्रेसको संगठनमा भाँजो हाल्नेहरु अहिले काङ्ग्रेसलाई कमजोर पार्ने खेलमा लागेकोले त्यस्ता प्रति इमानदार नेताकार्यकर्ता सचेत रहन पनि आग्रह गर्नुभयो। हालको समयमा फुटेर होइन जुटेर एक भइ पार्टी संगठनमा लाग्नु नै वि.पि. प्रति सच्चा श्रद्धाञ्जली हुने पनि उपाध्यायले जिकिर गर्नुभयो।
कार्यक्रममा क्षेत्रीय प्रतिनिधि बि. भण्डारीले वि.पि. को बहुआयामिक जीवनी माथी प्रकाश पार्दै वि.पि. लामो समयसम्म भारतमा निर्वासित जीवन बिताइ २०३३ सालमा आफ्नो ज्यानको बाजि लगाइ राष्ट्रिय मेलमिलापको नीति लिइ स्वदेश फर्किएर लोकतन्त्रको पुनःबाहाली गर्ने अभियानमा लाग्नुभएको चर्चा गर्नुभयो।
कार्यक्रममा नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गाउँ कार्यसमितिका उपाध्यक्ष प्रकाश कुवर लगायतले वि.पि. ले राजनीति र साहित्यिक क्षेत्रमा पुर्याउनु भएको योगदान बारे चर्चा गर्नुभएको थियो।
सो अवसरमा वडा कार्यसमितिका उपाध्यक्ष अचल कुमार जोशीले योग अभ्यास अन्तर्गत विभिन्न अभ्यासहरु पनि गराउनु भएको थियो।
कार्यक्रममा विभिन्न १५ जातका फलफूलका विरुवाहरु ५० व्यक्तिहरुलाई वितरण गरिएको आयोजकले बताएको छ।
सो अवसरमा नेपाल महिला संघ,तरुण
दल,ने.वि. संघ,प्रदेश,जिल्ला र क्षेत्रीय तहका नेताकार्यकर्ता सहित शुभेच्छुकहरुको पनि उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित