जनकपुरधाम ,६ साउन।
इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्ल २०८३ साल असार महिनाका लागि मधेश प्रदेशको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)’ घोषित भएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयले लागू गरेको ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम इन्स्पेक्टर मल्ललाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले एक कार्यक्रमका बीच मल्ललाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।
प्रहरी निरीक्षक मल्लले इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहामा रहँदा अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, अनुसन्धान तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा देखाएको उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै उनलाई असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरीको यो सम्मानले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई थप जिम्मेवार, प्रेरित र सेवामुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

