Rashtriya Dainik

गाउँपालिका स्तरीय दोस्रो उपमेयर कप टि २० क्रिकेट टुर्नामेन्टको फाईनल खेलमा पोखरिया क्रिकेट कल्ब विजेता

राजन कुमार बानिया
पर्सा २९ चैत
पर्साको कालिकामाई गाउँपालिकामा गाउँपालिका स्तरीय दोस्रो उपमेयर कप टि २० क्रिकेट टुर्नामेन्टको फाईनल खेलमा पोखरिया क्रिकेट कल्ब जित हासिल पारेको छ। कालिकामाई गाउँपालिकाको सहयोग मुडली क्रिकेट कल्बको आयोजनामा भएको उपमेयर कप टि– २० क्रिकेट टुर्नामेन्टको खेलमा कालिकामाई र पोखरिया बिच फाईनल खेल को भिडन्तमा पोखरिया क्रिकेट कल्ब २५६ रन बनाएर जित हासिल गरेका छन। पहिलो खेलमा मा कालिकामाई क्रिकेट कल्बले पहिलो टस जितेर गरेको बैटिंगमा ४ बिकेट गुमाई २० अोभरमा २५० रन बनाएको थियो भने जित को २५१ रनको लक्ष्य लिएर पोखरिया क्रिकेट कल्ब ले ६ बिकेट गुमाउदै १८ अोभर मा २५६ रन बनाएर पोखरिया टिमले खेलको प्रथम बिजेता बनेको थियो। कालिकामाई क्रिकेट कल्ब उप बिजेता बनेको थियो। प्रथम बिजेता हुने पोखरिया क्रिकेट कल्ब लाई ५० हजार ५१ नगद सहित शिल्ड कप बितरण प्रमुख अतिथि रहनु भएका पुर्ब उधोग बाणिज्य तथा अापुर्ती मन्त्री रमेस रिजाल ले हस्तान्तरण गर्नु भएको थियो ।उप बिजेता कालिकामाई क्रिकेट कल्ब लाई २५ हजार नगद सहित दोस्रो शिल्ड कप गाउँपालिका उपाध्यक्ष राजमती देबी बरैन ले हस्तान्तरण गर्नु भएको थियो।खेलमा मैनअफदि मैच पोखरिया का केप्टेन ईरसाद मियाँ ले १५६ रन बनाएर मैन अफ दि मैच घोषित हुनु भएको थियो।कार्यक्रममा पुर्ब मन्त्री रमेस रिजालले बिजेता टिम र उप बिजेता टिम लाई बधाई तथा शुभकामना दिनु भएको थियो। अाज को खेल हेरेर उत्साहित भएको छु। युवाहरुको खेलकुदको माध्यमबाट शारीरिक र मस्तिष्क विकासका साथै गाउँपालिकाको नाउँ देश विदेशमा चिनाउने गरेकोले खेल हरुलाई प्राथमिकतामा राखनु पर्ने बताए । अाउने दिनमा पुर्णरुपले अाफ्नो तर्फ सहयोग गर्ने बताए । वडा नं १ मुडलीमा रहेको खेलमैदानमा भएको उपमेयर कप टि– २० क्रिकेट टुनामेन्ट कालिकामाईका अध्यक्ष बुलट पटेलको अध्यक्ष्ातामा सम्पन्न भएको थियो। कार्यक्रममा कालिकामाई गाउँपालिका उपाध्यक्ष राजमती देबी बरैनी ,नेपाली काँग्रेस पर्सा का प्रबक्ता रमेश पाण्डे , नेपाली काँग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापा, बाणिज्य अधिकृत सुनिल चौरसिया,वडाअध्यक्ष् लालबाबु चौरसिया, जोगेन्द्र चौरसीया, राधाकृष्ण चौरसिया, प्रभु साह,नेता लगायत खेलाडी ,दर्शक हरुको सहभागिता रहेको थिया। उपमेयर कप टि २० क्रिकेट खेलमा अाठ वटा टिम सहभागी भएको थियो। खेल मा छका मार्ने खेलाडी लाई प्रतेक छका एक हजार दिने वडाअध्यक्ष लालबाबु चौरसिया ले घोषणा गरे पछी ५४ वटा छका को ५४ हजार नगद पुरस्कार दिनु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित