आरपी उपध्याय / नवलपरासी
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका २ बाट अवैध रुपमा खोलाजन्य सामाग्री उत्खनन कार्यमा संलग्न ट्रयाक्टरलाई संयुक्त सुरक्षा निकायले नियन्त्रण लिएको छ।
विनयी त्रिवेणी २ सुनटाडीबाट गैरकानुनी रुपमा खोलाजन्य सामाग्री उत्खनन गरि ट्र्याक्टरमा लोड गरिरहेको अवस्थामा संयुक्त सुरक्षा निकायले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल ३१ न. गुल्म भेडाबारीले जानकारी दिएको हो।
खोलाजन्य सामाग्रीलाई गैरकानुनी रुपमा ट्र्याक्टरमा लोड गरिरहेको गोप्य सुचनाको आधारमा उत्खनन स्थल पुगेर सुरक्षा निकायले नियन्त्रणमा लिएको ट्र्याक्टरलाई ईलाका प्रहरी कार्यालय दुम्किबासमा राखी आवश्यक कानुनी कारबाही चलाइएको बताइएको छ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सर्दी, ई.प्र.का. दुम्किबास र विनयी त्रिवेणी गाउँपालिका नगर प्रहरीको संयुक्त टोलीले अवैध कार्यमा संलग्न ट्र्याक्टरलाई नियन्त्रणमा लिएको थियो।
संयुक्त सुरक्षा टोलीले नियन्त्रणमा लिएको ट्र्याक्टरहरुमा लु४त८३१, प्र२-०३,००१त५४४२,लु४त२९९ र नम्बर नखुलेको स्वराज ट्र्याक्टर समेत नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएको ट्र्याक्टरलाई गैरकानुनी रुपमा छुटाउनको लागि ठूलो शक्ति केन्द्रहरु लागि परेको पनि सम्बद्ध स्रोतले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

