राष्ट्रिय दैनिक / नवलपरासी ,२९ चैत
स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने बाध्यता झेलिरहेका स्थानीयका लागि सरावल गाउँपालिकाले राहतको कार्यक्रम ल्याएको छ। एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै गाउँपालिकाले २३९ जनालाई प्रत्यक्ष लाभ दिएको हो।
गाउँपालिका तथा वडा नं. ४ को संयुक्त आयोजनामा सम्पन्न शिविरमा विभिन्न रोगहरूको परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो। शिविरमा जनरल फिजिसियनमार्फत मधुमेह, उच्च रक्तचाप, थाइराइड, मुटु, दम, छाती तथा फोक्सोसम्बन्धी समस्या, ग्यास्ट्रिक, अल्सर, पेटसम्बन्धी रोग, छाला, जण्डिस तथा कलेजोसँग सम्बन्धित रोगहरूको परीक्षण गरिएको थियो।

त्यसैगरी जनरल सर्जन सेवाअन्तर्गत हर्निया, पायल्स, हाइड्रोसिल, फिस्टुला, शरीर तथा स्तनमा देखिने गाँठागुँठी, प्रोस्टेटलगायतका समस्याको उपचार गरिएको गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले राष्ट्रिय दैनिकलाई जानकारी दिए।

शिविर सञ्चालनमा सहिद स्मृति सामुदायिक अस्पताल, बर्दघाट–१४, चौपत्ताले प्राविधिक सहयोग गरेको थियो।

परीक्षणपछि आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको जनाइएको छ।

यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

