Rashtriya Dainik

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९ रुपैयाँ

काठमाडौं ,२७ चैत

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल/मट्टीतेलमा प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य बढाएको हो ।

बढेको मूल्य अनुसार अब पेट्रोलको बिक्री मूल्य लिटरको २१९ रुपैयाँ पुगेको छ भने डिजेल/मट्टीतेलको २०७ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले आइतबार मात्र पेट्रोलियम पदार्थको भन्सार शुल्क र पूर्वाधार विकास शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियोे । तर, छुट पश्चात् पनि निगमको घाटा पूर्ति नभएको भन्दै मूल्य वृद्धि गर्नु परेको जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित