Rashtriya Dainik

बाल्मिकी आश्रम जान झोलुङ्गे पुल बैशाखबाट सञ्चालन हुने तयारी: तिर्थालुको दुःख अब घट्ने संकेत

आरपि उपाध्याय / नवलपरासी ,२३ चैत

चितवन माणी नगरपालिकामा पर्ने बाल्मिकी आश्रम आवतजावत गर्न झोलुङ्गे पुल निर्माण भएपनि नेपाली तिर्थालु भारतको भैसालोटन बाटोबाट आश्रम जान बाध्य भएका छन।

पूर्वी नवलपरासी विनयी त्रिवेणी ६ नारायणी नदीको किनारबाट बाल्मिकी आश्रम आवतजावत गर्न नेपाल सरकारले ६ वर्ष पुर्व झोलुङ्गे पुल निर्माण गरेपनि चितवन राष्ट्रिय निकुञ्जको कानुनी जटिलताले पुल सञ्चालन हुन नसक्दा नेपाली तिर्थालु समस्यामा परेका हुन।

त्रिवेणीबाट आश्रम जान नारायणी नदी डुङ्गाद्वारा पार गर्नुपर्ने र एक घण्टाको कठोर पैदल यात्रा गर्नुपर्ने अवस्थाले नेपाली तिर्थालु भारतीय भूमिको प्रयोग गरि आश्रम आवतजावत गर्नुपर्ने अवस्था आएको पीडा विश्व सनातन धर्म स्थापनार्थ केन्द्रीय समितिका अध्यक्ष दिपक जंग रायमाझीले जानकारी दिनुभएको छ।

झोलुङ्गे पुल निर्माण र साँघुरो गोरेटो बाटो तयार भएपनि पुल सञ्चालन हुन नसक्दा जन आक्रोश चुलिएपछि चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र सुरक्षा निकायका प्रमुखहरुले सोमबार दिउँसो पुलको अवस्था र बाल्मिकी आश्रमका नागरिकहरुले भोग्नुपरेको समस्याबारे निरीक्षण सहित अवलोकन गर्दै एक बैठक पनि बाल्मिकी आश्रममै बसेको जानकारी प्राप्त भएको छ।

उक्त बैठकमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत गणेश पन्त,जिल्ला सुरक्षा निकायका प्रमुखहरु र माणी नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका का जनप्रतिनिधिहरुको बैठकमा उपस्थिति थियो।
बैठकले आश्रम वरिपरि बस्ने १४ घर सुकुम्बासी परिवारलाई नीतिगत रुपमै व्यवस्था मिलाउने र कानुनी रुपमा निकास निकाल्ने निर्णय भएको बुझिएको छ।

त्यसैगरी त्रिवेणीको झोलुङ्गे पुलबाट आश्रमसम्म आवतजावत गर्न आउँदो नयाँ वर्षदेखि शुभारम्भ गर्ने तथा पुल सञ्चालन गर्न आवश्यक प्रक्रिया पूरा गरि अविलम्ब निकास खोज्ने निर्णय भएको माणी नगरपालिका १ का वडा अध्यक्ष अमित लामाले जानकारी दिनुभएको छ।

सुरक्षा निकाय र जनप्रतिनिधि सहित बाल्मिकी आश्रम पुगेका प्र.जि.अ. अर्याल समेतका टोलीले सीता माता धर्ती प्रवेश स्थल,हरिहर मन्दिर लगायत पौराणिक र पुरातात्त्विक रुपले महत्व राख्ने स्थलको निरीक्षण गर्दै आश्रममा रहेको सशस्त्र प्रहरी बल र प्रहरी चौकीको पनि निरीक्षण गर्नुभयो ।
माणी नगरपालिकाले बाल्मिकी आश्रमका सुकुम्बासी र सुरक्षा निकायलाई शुद्ध पानी पिउनका लागि बोरिङको व्यवस्था मिलाउन माणी १ का वडा अध्यक्ष लामा समेतको जनप्रतिनिधिहरुले बोरिङ गाड्ने स्थलको निरीक्षण गर्दै आउदो वैशाख महिनाभित्र शुद्ध पानीको प्रबन्ध मिलाउने बताएको छ।

सोमबार पुर्वान्ह बाल्मिकी आश्रम पुगेका प्र.जि.अ. अर्यालले हाम्रा वरिष्ठ संवाददाता आर.पि. उपाध्याय संग संक्षिप्त कुराकानी गर्दै सिटामोल र जीवनजलको अभाव रहेको बाल्मिकी आश्रममा माणी नगरपालिका संग समन्वय गरी नागरिकको चाहनालाई सम्बोधन गर्ने धारणा राख्दै अर्यालले, झोलुङ्गे पुल बनेपनि प्रयोग नभएको अवस्थाले दु:ख पाएका तिर्थालुहरुलाई आवश्यक प्रक्रिया पूरा गरि वैशाख महिनादेखि नै पुलबाट आवतजावत सुचारु गर्ने कार्य अगाडि बढाइने जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित