काठमाडौँ, २३ चैत ।
सरकारले कार्यालय समय परिवर्तन गर्दै आजदेखि नयाँ कार्यतालिका लागू गरेको छ।
मन्त्रिपरिषद्को आइतबारको निर्णयअनुसार अब सबै सरकारी निकाय बिहान ९ बजेदेखि सञ्चालनमा आउनेछन् भने साँझ ५ बजे बन्द हुनेछन्।
यससँगै साप्ताहिक दुई दिन सार्वजनिक बिदाको व्यवस्था पनि कार्यान्वयनमा आएको छ। अब प्रत्येक शनिबार र आइतबार सरकारी कार्यालयका साथै शैक्षिक संस्थाहरू बन्द रहनेछन्।
इन्धन खपत घटाउने उद्देश्यले सरकारले यो निर्णय लिएको हो। उक्त व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै निर्णय राजपत्रमा समेत प्रकाशित भइसकेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

