Rashtriya Dainik

दाउन्ने सडकखण्डको सास्ती अन्त्य गर्न सांसद खनाल सक्रिय: ट्राफिक सुधारका ठोस कदम अघि

राष्ट्रिय दैनिक / नवलपरासी, १६ चैत

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डमा यात्रुहरूले भोग्दै आएको सास्ती र बढ्दो दुर्घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
समस्या समाधानका लागि प्रतिनिधि सभा सदस्य बिक्रम खनालले सम्बन्धित निकायहरूसँग ठोस कार्ययोजनासहित छलफल गर्नुभएको छ।
आज बर्दघाट इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी प्रमुख तथा सडक विभागका प्रतिनिधिसँग भएको संयुक्त बैठकमा सडक व्यवस्थापन सुधारका विषयमा विस्तृत छलफल गरिएको हो। छलफलका क्रममा लेन अनुशासन कडाइका साथ लागू गर्ने, नियम उल्लङ्घन गरी जाम गराउने सवारी साधनमाथि कडा कारबाही गर्ने प्रस्ताव राखिएको छ।

यस्तै, सडकमा बिग्रिएका सवारी साधनलाई तत्काल हटाएर आवागमन सहज बनाउने, सडक विभागसँग समन्वय गरी उद्धार (रेस्क्यू) कार्यलाई तीव्र बनाउने तथा चालकहरूलाई सचेत गराउन नियमित माइकिङ सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।

साथै, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन निरन्तर निगरानी बढाउने र सबै सवारी चालकलाई नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ। दाउन्ने सडकखण्डलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यका साथ यी कदमहरू अघि बढाइएको जनाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित