Rashtriya Dainik

नवलपरासीको गेरामीमा कृषिमुखी पहल: बोरिङ र सिँचाइ योजनाले बढ्दै उत्पादन, किसान उत्साहित

बिनोद निगम / नवलपरासी, १६ चैत

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ अन्तर्गत गेरामी वडा कार्यालयले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न विकास कार्यक्रम अघि बढाएको छ।

वडा अध्यक्ष दया शंकर त्रिपाठीका अनुसार कृषकहरूको उत्पादन वृद्धि र सिँचाइ सुविधाको विस्तारलाई केन्द्रमा राखेर योजना कार्यान्वयन गरिएको हो।

वडा कार्यालयले धान, गहुँ तथा तरकारी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषकहरूलाई बोरिङ, पम्पिङ सेट तथा ह्यान्ड पाइप वितरण गरेको जनाएको छ। सिँचाइको पहुँच विस्तार गर्दै उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित यस्ता कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयको भनाइ छ।

वडा अध्यक्ष त्रिपाठीले पानीको अभावका कारण कृषकहरूले भोग्दै आएका समस्यालाई न्यूनीकरण गर्न यस्ता पहल प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनका अनुसार वडा स्तरबाट दीर्घकालीन रूपमा कृषि तथा सिँचाइसँग सम्बन्धित योजनालाई प्राथमिकतामा राखेर विकास गतिविधि अघि बढाइँदै आएको छ।

त्यसैगरी वडाले वाटरकल जस्ता सिँचाइ तथा पानी व्यवस्थापनसँग सम्बन्धित योजनालाई समेत समेट्दै स्थानीय विकासमा टेवा पुर्‍याउने प्रयास गरिरहेको जनाएको छ। कृषकमुखी कार्यक्रममार्फत वडा भित्र कृषि उत्पादन वृद्धि गर्दै स्थानीयको आर्थिक अवस्था सुदृढ बनाउने लक्ष्य राखिएको वडा कार्यालयले स्पष्ट पारेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित