Rashtriya Dainik

ईदको अवसरमा सांसद टेकबहादुर शाक्यद्वारा मुस्लिम समुदायसंग भेटघाट

राजन कुमार बानिया
पर्सा ८ चैत
पर्सा जिल्ला क्षेत्र न-४ का प्रतिनिधिसभा सदस्य माननीय टेकबहादुर शाक्यले ईद उल फित्रको पावन अवसरमा क्षेत्रका मुस्लिम समुदायसँग भेटघाट गर्दै शुभकामना आदान–प्रदान गर्नुभएको छ।
ईद पर्वको अवसर पारेर उहाँले विभिन्न स्थानमा पुगेर मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेट गर्दै “ईद मुबारक” साटासाट गर्नुभएको थियो। भेटघाटका क्रममा स्थानीयवासीहरूसँग आत्मीय संवाद गर्दै उहाँले पर्वले सबैमा आपसी सद्भाव, भाईचारा, शान्ति र एकताको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना व्यक्त गर्नुभयो।
सांसद सिंहले विविधतायुक्त समाजमा धार्मिक सहिष्णुता र आपसी सम्मान अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै सबै समुदायबीच सहकार्य र समझदारी बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले मुस्लिम समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
स्थानीय बासिन्दाहरूले पनि सांसदसँगको भेटघाटलाई सकारात्मक रूपमा लिँदै यस्ता कार्यक्रमले जनप्रतिनिधि र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
ईद उल फित्रको अवसरमा आयोजित यस्तो भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रमले सामाजिक सद्भाव, एकता र सहअस्तित्वको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित