बागलुङ ,४ चैत — बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्। बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ नगरपालिका–४ रात्माटामा दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको जिप अनियन्त्रित भई सडकको बायाँतर्फको नालीमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा चालक गलकोट नगरपालिका–३ का २५ वर्षीय यादव खत्रीसहित सात जना घाइते भएका छन्।
घाइतेमध्ये चालक खत्रीको दाहिने हातमा चोट लागेको छ भने गलकोट नगरपालिका–९ टिमुरबोटका ५६ वर्षीय देवबहादुर केसीको टाउको र दाहिने हातमा चोट लागेको छ। त्यसैगरी गलकोट नगरपालिका–३ हटियाकी ७३ वर्षीया दिलकुमारी सहनीको घाँटी र दाहिने हातमा तथा गलकोट नगरपालिका–४ डाँडाखेतकी २६ वर्षीया सारदा खत्रीको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घाइते सबैको धौलागिरि प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

