काठमाडौं ,३ चैत
इन्धन बचत गर्न श्रीलंकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ । श्रीलंकाले हरेक बुधबार सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
अमेरिका-इजरायलले गरेको इरानसँगको युद्धका कारण विश्वभर इन्धनको अभाव देखिन थालेपछी श्रीलंकाले इन्धन बचत गर्न बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीलंकामा भएको उच्च अधिकारीसँगको आपतकालीन बैठकमा श्रीलंकाका राष्ट्रपति अनुर कुमार दिसानायकेले भविष्यमा आउन सक्ने दयनीय अवस्थाको तयारीका लागि बिदा दिने निर्णय गरेको जानकारी गराएका थिए ।
यो निर्णयले खर्च कटौतीसँगै इन्धनको बचत हुने विश्वास गरिएको छ । युद्धकै कारण स्ट्रेट अफ हर्मुज बन्द छ । यही कारण विश्वभर पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित बनेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

