Rashtriya Dainik

त्रिवेणीमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न, रोल्पाका गोपाल पहलवान विजयी

आरपि उपाध्याय / नवलपरासी ,३ चैत

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ स्थित लक्ष्मीनारायण मन्दिर नागाबाबा कुटीको आयोजनामा कुस्ती प्रतियोगिता सोमबार सम्पन्न भएको छ।

चैत्र महिनाको महत्वपूर्ण धार्मिक पर्व चैत्र बारणीको अवसर पारेर कुस्ती प्रतियोगिताको आयोजना गरिएको कुटीका पिठाधिस समेत रहनु भएका अन्तर्राष्ट्रिय पहलवान केशव दासले जानकारी दिनुभयो।

कुस्ती प्रतियोगितामा नेपाल भारतका गरि डेढ दर्जन पहलवानहरुले प्रतिस्पर्धामा भाग लिएका थिए भने १५ वर्ष मुनिका किशोर पहलवानहरुको पनि प्रतियोगितामा सहभागिता रहेको थियो।

त्रिवेणी धामका मठमन्दिरहरुको पहिचान र लक्ष्मीनारायण मन्दिर नागाबाबा कुटीको प्रचारप्रसार गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएको छ।

कुस्ती प्रतियोगिताको फाइनल राउन्डमा भारत राजस्थानका हलचल पहलवान र नेपाल रोल्पा जिल्लाका गोपाल पहलवान बिच भएको प्रतिस्पर्धामा नेपालकै चिरपरिचित गोपाल पहलवान विजयी भएका थिए। विजयी पहलवान थापालाई नगद २१ हजार सहित प्रमाणपत्र प्रदान गरिएको जानकारीमा आएको छ।
मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्यले रिबन काटी खेलको शुभारम्भ गर्दै विजयी र उपविजयी पहलवानहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

कुस्ती प्रतियोगिता गराइएको बारे आयोजक मन्दिरका पिठाधिस केशव दासले त्रिवेणीमा भएको कुस्ती प्रतियोगिताले किशोर र युवा पहलवानहरुमा खेल प्रतिको भावना बढ्नुको साथै “राष्ट्रको लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाई मूर्त रुप दिन कुस्ती प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो। उहाँले किशोरहरुलाई कुस्ती प्रतियोगितामा सहभागी गराएपछि विभिन्न सुरक्षा निकायमा भर्ती हुन र परिणाम निकाल्न सहज हुने बताउदै उहाँले त्रिवेणी स्थित नागाबाबा कुटीमा हनुमान जी को विशाल मुर्ति स्थापना गरि भविष्यमा कुस्ती प्रशिक्षण कार्य गरिने जानकारी पनि दिनुभयो।

२०७८ सालदेखि त्रिवेणीमा प्रत्येक वर्ष कुस्ती प्रतियोगिता हुँदै आएको छ भने आगामी वर्षहरुमा पनि प्रतियोगिता जारी रहने अन्तर्राष्ट्रिय पहलवान केशव दासले जानकारी दिनुभएको छ।
प्रतियोगितामा सशस्त्र प्रहरी,नेपाल प्रहरीका अधिकृत,राजनीतिक दलका नेता,त्रिवेणी स्थित मठमन्दिरका पिठाधिसहरु र ठूलो सङ्ख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेकोे थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित