Rashtriya Dainik

नवनिर्वाचित सांसद टेकबहादुर शाक्यद्वारा मानव सेवा आश्रममा, १ लाख ११ हजार १११ सहयोग घोषणा

वीरगञ्ज ,२८ फागुन– प्रतिनिधिसभा निर्वाचनमा विजयी भएपछि पर्सा–४ का नवनिर्वाचित सांसद टेकबहादुर शाक्यले आफ्नो पहिलो कार्यक्रम मानव सेवा आश्रमबाट सुरु गरेका छन्।

बिहीबार बिहान वीरगञ्जस्थित आश्रम पुगेर उनले त्यहाँ आश्रय लिइरहेका असहाय तथा बेसहारा नागरिकहरूको अवस्था बारे जानकारी लिएका हुन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट नवनिर्वाचित सांसद सुशील कुमार कानु पनि आश्रम पुगेका थिए। उनीहरूले आश्रममा आश्रित ६० भन्दा बढी व्यक्तिहरूसँगै बसेर बिहानको भोजन ग्रहण गरेका थिए।
सांसदद्वयले आश्रममा आश्रित व्यक्तिहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दैनिक जीवन, आवश्यकताहरू तथा आश्रमले सञ्चालन गरिरहेको सेवामूलक गतिविधिबारे जानकारी लिएका थिए।
सो अवसरमा सांसद शाक्यले मानव सेवा आश्रमले समाजका असहाय तथा बेसहारा नागरिकहरूको संरक्षणका लागि गर्दै आएको सेवामूलक कार्यको प्रशंसा गर्दै आफ्नो व्यक्तिगत तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता सुधिर पटेल, आश्रमका संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दिपक शाक्य, आश्रमका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारू लगायतको उपस्थिति रहेको थियो।
मानव सेवा आश्रमले सडकपेटी तथा बेसहारा अवस्थामा रहेका नागरिकहरूको उद्धार गरी उनीहरूलाई आश्रय, भोजन, उपचार र संरक्षण प्रदान गर्दै आएको सामाजिक संस्था हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित