आरपि उपाध्याय / नवलपरासी ,२८ फागुन
पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका ५ बाट प्रहरीले माटोमा गाडिएको एक थान पेस्तोल बरामद गरेको छ।
प्रतापपुर ५ छोटकी बैदौली बस्ने वर्ष २८ का सराजोद्दिन अन्सारीको खेतमा रहेको बाँसको जरा खन्ने क्रममा पुरानो खिया लागेको नल कटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी बिरदत्त पन्तले जानकारी दिनुभयो।
खिया लागेको जिर्ण पेस्तोल फेला परेपछि ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहीयाका प्रहरी जनशक्ति पेस्तोल गाडेको स्थानमा पुगेको हो।
सिमावर्ती क्षेत्रमा जमिनमुनि गाडिएको पेस्तोल भेटिएपछि त्यसको मुचुल्का तयार पारी थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
जमिनमा गाडिएको पेस्तोल फेला परेपछि अन्य अवैध हतियारको अवस्थाको बारे पनि सिमाक्षेत्रमा चिन्ता र चासो बढेको स्थानीयको भनाइ छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

