Rashtriya Dainik

रास्वपाबाट विजेता खनाललाई बधाई दिँदै विनोद चौधरीले भने: नवलपरासीको विकासमा सधैं साथ रहनेछु

राष्ट्रिय दैनिक / नवलपरासी,२४ फागुन

प्रतिनिधिसभा निर्वाचनको परिणामपछि नवलपरासी (बसुप) क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार तथा उद्योगपति विनाेद चाैधरीले मतदाताप्रति आभार व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै चौधरीले नवलपरासी (बसुप) क्षेत्र नम्बर १ बाट रुख चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदातालाई हृदयदेखि धन्यवाद दिएका छन्। साथै निर्वाचन अभियानका क्रममा साथ दिने पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, निर्वाचन आयोग, प्रहरी प्रशासन तथा सम्बद्ध सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।

चौधरीले उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिक्रम खनाललाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन्।

उनले पछिल्लो ३० महिनामा पश्चिम नवलपरासीको विकासका लागि महत्वपूर्ण आधार तयार भएको दाबी गर्दै यही जगमा टेकेर आगामी दिनमा विकास अभियान अझ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।

निर्वाचनमा पराजित भए पनि क्षेत्रको विकास–निर्माण र जनताको सुख–दुःखमा आफू सधैं साथ रहने प्रतिबद्धता चौधरीले व्यक्त गरेका छन्।

“संसदमा नरहे पनि देशलाई आर्थिक विकासको सही दिशामा लैजान आफ्नो ज्ञान र अनुभव राष्ट्रका लागि समर्पित गर्न सधैं तयार छु,” उनले भनेका छन्। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूबाट नेपालको प्रतिष्ठा बढाउने काममा आफू निरन्तर लागिरहने पनि उनले बताएका छन्।
उनले अन्त्यमा “जय नेपाल” भन्दै देश र क्षेत्रको समृद्धिका लागि आफ्नो प्रयास जारी रहने उल्लेख गरेका

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित