Rashtriya Dainik

नवलपरासी–२ मा राति १० बजेदेखि समानुपातिक मतगणना सुरु हुने

बिनोद निगम,/ नवलपरासी, २३ फागुन

पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचन -२०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना आज राति १० बजेदेखि सुरु हुने भएको छ।

यस निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना हाल जारी रहेको र सो मतगणना सकिए लगत्तै समानुपातिकतर्फको मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ।

सहायक निर्वाचन अधिकृत प्रेम नारायण पराजुलीका अनुसार समानुपातिकतर्फको मतगणना सुरु हुने भएकाले सम्पूर्ण राजनीतिक दललाई आफ्ना मतगणना प्रतिनिधिहरू आजै राति १० बजेभित्र मतगणना स्थलमा उपस्थित गराउन अनुरोध गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित