Rashtriya Dainik

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज

धनुसा , १९ फागुन

निर्वाचन आयोग का कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ।

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुष्टि भएपछि उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ।

धनुषा–१ मा अब प्रतिस्पर्धामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रामचन्द्र मण्डल, नेपाली कांग्रेस का राम पलटन साह र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मातृका प्रसाद यादव रहेका छन्। उक्त क्षेत्रमा बिहीबार मतदान हुँदैछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित