Rashtriya Dainik

पश्चिम नवलपरासी–१: बिनोद चौधरीको परिवर्तन अभियान, ५० जना नयाँ सदस्य कांग्रेसमा प्रवेश

आरपि उपाध्याय / नवलपरासी ,१८ फागुन

प्रतिनिधि सभा निर्वाचनको क्रममा पश्चिम नवलपरासी निर्वाचन क्षेत्र न.१ का नेपाली काङ्ग्रेसका उम्मेदवार बिनोद चौधरीले एक कोणसभामा सम्बोधन गर्नुभएको छ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका उम्मेदवार चौधरीले परिवर्तनबाट समाज र सामाजिक जीवनको परिवर्तनलाई परिणाममुखी नतिजा निकाल्नु नै वास्तविक परिवर्तन रहेको बताउनु भयो।

उहाँले सीप प्राप्तिको लागि गरिने परिवर्तनले स्वावलम्बी बनाउने भएकोले आफू त्यहीँ परिवर्तनको लागि काम गरेको बताउदै नेपाली काङ्ग्रेसमा आएको परिवर्तन पनि गरिब र विपन्न वर्गको जीवनस्तर उकास्न लागि परेको कार्यबाट हामीले प्राथमिकतामा राखेर कार्य गर्दै आएको बताउनु भयो।

काङ्ग्रेस उम्मेदवार चौधरीले ३० वर्षको लामो समयसम्म पनि राजनीतिलाई बन्धी बनाएर राखेको प्रसङ्ग उल्लेख गर्दै उहाँले आफू र नेपाली काङ्ग्रेसको परिवर्तनलाई परिणाममुखी बनाउने अभियानमा लागेको जिकिर गर्नुभयो।

सो अवसरमा वन तथा वातावरण मन्त्री देवकरण कलवारले पार्टी कार्यकर्ताहरुले आफ्नो छरछिमेक,टोल,गाउँमा काङ्ग्रेसको पक्षमा मत माग्न आग्रह गर्दै नेपाली काङ्ग्रेसले नै गरिब र असहायको समस्यालाई समाधान गर्न प्रतिबद्ध रहेको बताउदै अधुरो पुल,खानेपानी लगायत कार्यलाई आगामी दिनमा पूरा गर्ने धारणा राख्नुभयो।

कोणसभामा नेपाली काङ्ग्रेसका जिल्ला सचिव उमेशचन्द्र यादवले काङ्ग्रेस सभापति गगन थापाको हात बलियो बनाउन नेपाली काङ्ग्रेसको पक्षमा मतदान गर्नुपर्ने बताउनु भएको थियो।
यादवले यस निर्वाचन क्षेत्रमा काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिनोद कुमार चौधरीलाई विजयी बनाएर काङ्ग्रेसको हात बलियो बनाउने अभियानमा सबै नेताकार्यकर्ता लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो।

कोणसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्व जिल्ला अध्यक्ष महेन्द्र सेन ठकुरी,क्षेत्रीय सभापति मुकुल कुमार आचार्य र स्थानीय रिमा कुमारी राजभर लगायतले आफ्नो धारणा राख्नुभएको थियो। उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा ५० व्यक्ति प्रवेश गरेको कार्यक्रम सञ्चालक युवराज मौर्यले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित