राष्ट्रिय दैनिक /नवलपरासी,१७ फागुन
रास्वपाका तर्फबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बिक्रम खनालले आफू सधैं जनताको सेवकको रुपमा प्रस्तुत भएको बताएका छ्न ।सत्तामा हुँदा र बाहिरै रहदा पनि जनताको सेवक भएर नै जीवन ब्यतित गरेको उनले बताए ।निर्वाचन प्रचार प्रसारका क्रममा रहेका उम्मेदवार खनालले १३ बर्षको उमेर देखि सामाजिक सेवामा जोडिएको उल्लेख गर्दै जनताले आफुलाई न्याय दिने बताए ।
“राजनीतिमा लागेर अरुले कमाए होलान त्यस्ता प्रवृत्तिका मान्छे पनि होलान तर जनताको सेवक बनेर जीवन समर्पित गर्ने प्रणले मैले सर्वस्व गुमाएको छु,र पनी मेरो अभियान निरन्तर छ म बिचलित कहिल्यै छैन न हिजो न आज न भोली”उनले भने ।
जनताले आफुलाई संविधान सभा सदस्य बनाउदा यहाँ को भौतिक बिकासमा ३ बर्षमा उल्लेख प्रगती भएको दावी गर्दै खनालले आफू निर्वाचित भए जनताले पछुताउनु नपर्ने गरि शशक्त भएर काम गर्ने बताए ।”बिगतमा पनि मैले पारेका योजना र मेरो काम हेरेका छ्न जनताले,यो समाजले गरेका कामको पक्कै मुल्यांकन गर्छ भन्नेमा,मलाई न्याय दिलाउछ भन्ने कुरामा म पुर्ण आशाबादी छु बाकी त जनताको हातमा”उनले भने ।
मेरो उम्मेदवारी कुन परिस्थितिमा भयो भन्ने कुरा जनताले बुझेको बताउदै उनले जस्ले जसरी अर्थ लाए पनि यो क्षेत्रको बिकास नै मुलभुत बिषय रहेकोले आगामी दिनमा पछाडि फर्केर हेर्न नपर्ने गरि बिकासको गतिलाई अगाडि बढाउने उनले बताए ।
“म कुनै पदमा नहुदा पनि मेरो भुमिका दौडधुप यहिको बिकासकालागि खर्चेको छु,जनताको सुख दुखमा पुगेको छ,म पदमा छैन त्यसैले मेरो जिम्मेवारी छैन भन्ने कुरा मैले कहिल्यै दिमागमा राखिन,म प्रती आशा राख्ने भरोसा गर्नेहरुलाई म अटुट साथ दिएर अघि बढेको छु”खनालले भने ।
उनले थपे-“राजनीतिमा मैले कयौलाई बनाए होला केहिलाई सकिन होला मेरा मित्रु सगै सत्रु पनि हुन सक्छ्न तर मेरो नजरले सबैलाई समान देखे,मैले नै बनाएका हरु आज मेरै खेदो खनेका होलान,तिनैले मलाई आज कट्टर शत्रु देख्न सक्छ्न,उनिहरुलाई पनि मेरो शुभकामना छ,कसैसग मेरो गुनासो छैन,यस्ता कुरामा अल्झिने छुट मलाई छैन म निरन्तर जनताको सेवक रहिरहने छु”

नवलपरासीको क्षेत्र नम्बर १ मा शिक्षा स्वास्थ र कृषि र भौतिक पुर्वाधारका क्षेत्रमा थुप्रै काम बाकी रहेको र चुनौती सगै अपार सम्भावना पनि रहेको बताउदै उनले आफ्नो सामर्थ्यले भ्याउने बेला सम्म यो यात्राबाट बिश्राम नलिने बताए ।यो भूगोललाई आफुले नजिक बाट चिनेको बुझेको र यहाँका भुईमान्छेको अवस्थालाई आफू पनि भुईमान्छेकै प्रतिनिधि भएकाले आफुले गरेका प्रतिबद्धताहरु जन्ताले बिश्वास गरे पूरा गरेरै छाड्ने अठोट सहित अघि बढेको खनालले सुनाए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

