राष्ट्रिय दैनिक /नवलपरासी,१४ फागुन
नेपाली कम्युनिस्ट पार्टीबाट नवलपरासी–२ मा उम्मेदवारी दिएका नेता देवेन्द्र पौडेलले भुमही हाट बजारमा मतदातासँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेका छन्।

बजार क्षेत्रमा पुगेर उनले स्थानीय व्यापारी, किसान र युवासँग प्रत्यक्ष कुराकानी गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेका थिए। विकास, रोजगारी सिर्जना, कृषि क्षेत्रको आधुनिकीकरण तथा पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै उनले मतदातासँग विश्वासको मत मागे।

भेटघाट कार्यक्रममा स्थानीयहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। मतदाताहरूले क्षेत्रका सडक, सिँचाइ, स्वास्थ्य र शिक्षासम्बन्धी समस्याहरू उठाउँदै समाधानको अपेक्षा व्यक्त गरेका थिए।

पौडेलले जनताको सुझावलाई आफ्नो प्रतिबद्धतामा समेट्ने विश्वास दिलाउँदै नवलपरासी–२ लाई नमूना क्षेत्र बनाउने दाबी गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

