Rashtriya Dainik

नवलपरासीमा रास्वपा सभापति महेन्द्रसिंह ठकुरी कांग्रेस प्रवेश

राष्ट्रिय दैनिक /नवलपरासी, १४ फागुन

प्रतिनिधिसभा निर्वाचन हुन एक साता मात्र बाँकी रहँदा नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्रसिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नवलपरासी बर्दघाटको चौपतामा आयोजित कांग्रेसको चुनावी सभामा विश्वप्रकाश शर्मा ले ठकुरीलाई खादा–मालाले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्।


पार्टी प्रवेशपछि बोल्दै ठकुरीले “कागजी बाघ” भनेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै आफूले “असली बाघ” रोजेको प्रतिक्रिया दिएका छन्। उनले देशको स्थायित्व, संगठन र लोकतान्त्रिक मूल्यलाई प्राथमिकता दिँदै कांग्रेस रोजेको बताएका छन्।

निर्वाचनको मुखमा भएको यस प्रवेशले नवलपरासीको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको छ। स्थानीय तहमा रास्वपाको संगठनात्मक प्रभाव रहेका बेला जिल्ला सभापतिकै दल परिवर्तनले मतदाताबीच नयाँ बहस सुरु भएको छ।

कांग्रेसका स्थानीय नेताहरूले यस कदमलाई “सकारात्मक सन्देश” को रूपमा लिँदै आगामी निर्वाचनमा थप ऊर्जा मिल्ने दाबी गरेका छन् भने रास्वपाका कार्यकर्ताहरूले यसलाई व्यक्तिगत निर्णयको रूपमा व्याख्या गरेका छन्।

चुनावको अन्तिम चरणमा भएको यो राजनीतिक घटनाक्रमले नवलपरासीको प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित