Rashtriya Dainik

१८ वर्ष कैद सजाय पाएर फरार रहेका आगजनी ज्यान मुद्दाका दोषी १५ वर्षपछि पक्राउ

राष्ट्रिय दैनिक /नवलपरासी, २८ माघ

आगो लगाई कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय पाएर लामो समयदेखि फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.पश्चिम) ले पक्राउ गरेको छ।

जिल्ला अदालत नवलपरासी (ब.सु.प.) को मिति २०६७ मंसिर ९ गतेको फैसलाअनुसार आगो लगाई कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय सुनाइएका सुनवल नगरपालिका–१, सोमनाथ टोल निवासी ५५ वर्षीय दल बहादुर चोख्याल हालसम्म फरार रहेका थिए।

इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले खोजतलासका क्रममा मिति २०८२ माघ २७ गते उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका चोख्याललाई आज जिल्ला अदालत नवलपरासी (पश्चिम) मा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी बीर दत्त पन्तका अनुसार फरार अभियुक्तहरूलाई खोजी गरी कानुनी दायरामा ल्याउने अभियान निरन्तर जारी रहनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित