Rashtriya Dainik

निर्वाचनसम्बन्धी टिकटक भिडियो प्रतियोगिता, उत्कृष्टलाई ५० हजार पुरस्कार

काठमाडौं, माघ २७ — निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।
निर्वाचन प्रचारप्रसार, आचारसंहिता र मतदाता शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोगले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट ठहरिएका तीन भिडियोहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ।

आयोगका अनुसार पहिलो हुनेलाई ५० हजार रुपैयाँ,
दोस्रोलाई ३० हजार रुपैयाँ,तेस्रोलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
भिडियोको मूल्यांकन भ्युज (Views) का आधारमा गरिने आयोगले स्पष्ट पारेको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा सम्बन्धी विषय समेटिएको एक मिनेटसम्मको भिडियो तयार गर्नुपर्नेछ। तयार गरिएको भिडियो टिकटकसहित युट्युब र फेसबुकमा अपलोड गरी त्यसको लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेल tiktok@ecn.gov.np मा पठाउनुपर्नेछ।
निर्वाचन आयोगले युवाहरूलाई सिर्जनात्मक माध्यमबाट निर्वाचन प्रक्रियाप्रति सचेत गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित