प्रतापपुरमा रास्वपाको पालिका स्तरीय सम्पर्क कार्यालय उद्घाटन, घर–घरमा परिवर्तनको अभियान चलाउने आह्वान

राष्ट्रिय दैनिक /नवलपरासी,२० माघ

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवलपरासीको प्रतापपुर गाउँपालिकामा पालिका स्तरीय सम्पर्क कार्यालय उद्घाटन गरेको छ।
प्रतापपुर गाउँपालिका संयोजक बृजराज कुशवाहाको सभापतित्व तथा जिल्ला सभापति महेन्द्र सेन ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा बोल्दै ठकुरीले रास्वपा परिवर्तनको संवाहक पार्टी भएको उल्लेख गर्नुभयो। उहाँले हरेक कार्यकर्ताले घर–घरमा पुगेर जनसम्पर्क अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै “परिवर्तनका लागि हामी सबै आजैदेखि सक्रिय हुनुपर्छ,” भन्नुभयो।

कार्यक्रममा प्रदेश कार्य समिति सदस्य शिवप्रसाद गैरेले देशमा बढ्दो भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाका लागि रास्वपा गठन भएको स्पष्ट पार्नुभयो। उहाँले घण्टी चिन्हमा मतदान नै देशलाई विकासशील बनाउने आधार भएको बताउँदै यस सन्देशलाई जन–जनसम्म पुर्‍याउन कार्यकर्तालाई आग्रह गर्नुभयो।

विशेष अतिथि तथा रास्वपाकी समानुपातिक उम्मेदवार रीमा विश्वकर्माले युवापुस्तामाथि भइरहेको अन्याय, बेरोजगारी र देशभर फैलिएको चरम भ्रष्टाचार अन्त्य गर्न सबल र इमानदार सरकार आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले परिवर्तनका लागि घण्टीमा मतदान गर्न आम मतदातालाई आग्रह गर्नुभयो।
नवलपरासी निर्वाचन क्षेत्र नं. १ का रास्वपा उम्मेदवार बिक्रम खनालले युवाको विदेश पलायन रोक्न भ्रष्टाचार अन्त्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले कृषिमा सरकारी खरिद केन्द्र स्थापना गरी किसानको उपज उचित मूल्यमा खरिद गर्ने, सहज सिँचाइ, बजारीकरण तथा समयमा मल–बिउ, उपचार र रोजगारीको सुनिश्चितताका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले “आफ्नो देश आफैँ बनाऔँ” भन्ने सन्देशसहित घण्टीमा मतदान गर्न आग्रह गर्नुभयो।


कार्यक्रमका सभापति तथा गाउँपालिका संयोजक बृजराज कुशवाहाले ठूला दलहरूको सत्ता एकाधिकारका कारण देशमा रोजगारीको अभाव, बढ्दो भ्रष्टाचार र सुशासनको गम्भीर समस्या देखिएको बताउनुभयो। यिनै समस्याविरुद्ध जेन–जी आन्दोलनबाट उठेको परिवर्तनको आवाजलाई स्थापित गर्न रास्वपा अपरिहार्य रहेको उहाँको भनाइ थियो।


उद्घाटन कार्यक्रममा एक सयभन्दा बढी सक्रिय कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot