उमेशचन्द्र यादवकी आमाको पुण्यतिथिमा कांग्रेस नेताहरूको एकताबद्ध सन्देश

आरपी उपाध्याय / नवलपरासी ,१३ माघ

नेपाली कांग्रेस जिल्ला कार्य समिति (ब.स.प.) को आयोजनामा प्रतापपुर गाउँपालिका वडा नं. ७ झुल्निपुरमा मङ्गलबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेस पश्चिम नवलपरासीका सचिव तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवकी ममतामयी आमा विद्यावली देवी यादवको असामयिक निधनको १६औँ पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो।


कार्यक्रम जिल्ला कार्य समितिका कार्यवाहक सभापति बिक्रम प्रसाद यादवको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
सो अवसरमा केन्द्रीय सदस्य पाठकले नेपाली कांग्रेसले क्षेत्र नम्बर–२ मा दिएको टिकट र निर्वाचन कार्यालयबाट मान्यता प्राप्त व्यक्ति नै पार्टीको आधिकारिक उम्मेदवार हुने स्पष्ट पार्नुभयो। यस्तो परिस्थितिमा पार्टीका मतदाता र कार्यकर्ताले आफ्नो मत आधिकारिक उम्मेदवारको पक्षमा प्रयोग गर्दै पार्टीलाई गन्तव्यसम्म पुर्‍याउनु कार्यकर्ताको कर्तव्य र जिम्मेवारी भएको उहाँले बताउनुभयो।


कार्यक्रममा पश्चिम नवलपरासी क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसको आधिकारिक टिकट पाई उम्मेदवार बन्नु भएका **भिमबहादुर थापा (भरत)**ले पार्टीभित्र देखिएका विमतिका बीच सहमति खोज्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। पार्टीको स्वाभिमान र हितका लागि सबै एक भएर अघि बढ्नु आजको आवश्यकता भएको उहाँको भनाइ थियो।
श्रद्धाञ्जली समारोहमा दिवङ्गत विद्यावली देवी यादवका सुपुत्रसमेत रहनु भएका जिल्ला सचिव उमेशचन्द्र यादवले दुःखद घडीमा साथ, सान्त्वना र सहानुभूति व्यक्त गर्न आउने नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक, संघ–संस्थाका प्रतिनिधि तथा इष्टमित्रप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले वर्तमान अवस्थामा नेपाली कांग्रेसका सबै नेता तथा कार्यकर्ता एक भएर अघि बढ्नु समयको माग रहेको उल्लेख गर्नुभयो।


कार्यक्रममा महिला संघकी केन्द्रीय सदस्य कमला देवी पराजुली, क्षेत्रीय सभापति मुकुल कुमार आचार्य, बर्दघाट नगर सभापति दामोदर जि.सी. लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको पार्टी सचिव कुलदीप आचार्यले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot