Rashtriya Dainik

पर्सा–४ लाई नमुना क्षेत्र बनाउने प्रतिबद्धता : एमाले उम्मेदवार जालिम मिया

राजन कुमार बानिया / पर्सा, माघ १३

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत नेकपा एमालेद्वारा छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वामा वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर आयोजित भेलामा चुनावी रणनीति, संगठन सुदृढीकरण तथा पार्टीपंक्तिको प्रभावकारी परिचालनका विषयमा गम्भीर छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा–४ तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार जालिम मियाले पर्सा–४ लाई विकास, सुशासन र अवसरको दृष्टिले देशकै नमुना क्षेत्र बनाउने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवाको ऊर्जा, अनुभवको मार्गदर्शन र जनताको भरोसामा आधारित समावेशी विकासको खाका अघि सार्दै रोजगारी सिर्जना, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभयो।
उम्मेदवार मियाले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन आ–आफ्नो बुथमा छाता छापमा मजबुतीका साथ मतदान गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो।
अगुवा भेला कार्यक्रममा नेकपा एमाले पर्साका जिल्ला उपाध्यक्ष एवम् छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता, वडा अध्यक्ष मौजिलाल साहलगायत पार्टीका अगुवा तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित