अनिल बनिया/ नवलपरासी ,१२ माघ पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं.१, सुनरीमा रहेको श्री बल शिक्षा निकेतन माध्यमिक विद्यालयमा आइतबार राति चोरी भएको छ। यो विद्यालयमा चोरी भएको घटना दोस्रो पटक हो। यसअघि दुई वर्ष पहिला विद्यालयमा जडान गरिएको सिसी क्यामेरा तोडफोड गरी कम्प्युटरसम्बन्धी सामग्री चोरी भएको थियो। दुई वर्ष पछि फेरि २०८२ माघ ११ गते राति विद्यालयमा चोरीको घटना दोहोरिएको हो। आज सोमबार बिहान विद्यालय खुल्दा विद्यालयमाथि रहेको कोठाको ताल्चा भाँचिएको अवस्थामा फेला परेको विद्यालयले जनाएको छ। चोरीमा विद्यालयबाट दुईवटा इन वाटर ब्याट्री, ६ वटा सिसी क्यामेरा,४२ इन्चको एलसीडी टेलिभिजन र ठूलो खाले दुईवटा साउन्ड बक्स चोरी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पटेलले जानकारी दिनुभयो। प्रहरीका अनुसार चोरी भएका विद्युतीय सामग्रीको कुल मूल्य १ लाख ७० हजार रुपैयाँ बराबर रहेको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक सुबराज बमले बताउनुभएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।