आरपि उपाध्याय / त्रिवेणी ,३० पुस बालपुरी कुटी विनयी त्रिवेणी ६ को आयोजनामा कुटीका तत्कालीन पिठाधिस १००८ स्वामीको तेस्रो वार्षिक पुण्यतिथिको दिन सामुहिक भण्डारा र साधु सम्मान कार्यक्रमका साथ मनाइएको छ। बालपुरी कुटीका तत्कालीन पिठाधिस स्वामी मनराज पुरीको तेस्रो वार्षिक पुण्यतिथि भव्यताका साथ मनाइएको हो। सो अवसरमा श्री दिव्य पावन अखण्ड धुनी धाममा बालपुरी मठका पिठाधिस १००८ महन्त स्वामी मोहन पुरीले बालपुरी अखण्ड अखाडामा रहेको र गुरुलाई पिता मानिने हुँदा दिवङ्गत गुरु महाराजको स्मरण सहित उहाँको महिमालाई यादगार बनाउन यो वार्षिक पुण्यतिथि मनाइएको बताउनु भयो। वार्षिक पुण्यतिथिको दिन यो धार्मिक संस्थामा विकासका लागि वर्तमान पिठाधिस पुरीले विकासका साथै धार्मिक परिवेश पूरा गर्ने कामलाई पनि अगाडि बढाउनु भएको जानकारी गराउनु भएको छ। स्वर्गबासी पिठाधिस मनराज पुरीले २०३९ सालदेखि २०७९ सम्म बालपुरी कुटीको पिठाधिस पदमा कार्यरत हुँदा सिमित साधन स्रोतको बावजुत पनि कुटीलाई चलायमान गराउनको लागि कुटीको सबै चल अचल सम्पत्तिलाई संरक्षण गर्नुभएको मन्दिर स्रोतले बताएको छ। विनयी त्रिवेणी ६ मा ८ बिगाहा क्षेत्रफलमा फैलिएको बालपुरी कुटी मन्दिरमा २०७९ सालदेखि पिठाधिस हुनुभएका वर्तमान पिठाधिस महन्त मोहन पुरीले १००८ शिवलिङ्ग स्थापना गरि पुराना संरचनालाई जिर्णद्वार गरि गणपतिको मुर्ति स्थापना गर्दै कुटीको अवस्थालाई नयाँ स्वरुप दिनुभएको बताइएको छ। त्रिवेणी धाममा रहेका मठमन्दिर मध्ये बालपुरी कुटी ऎतिहासिक र पुरानो भएको पनि जानकारहरुले बताउने गरेका छन। कुटीमा हालको संरचनाहरु मध्ये नयाँ संरचना कुवाको निर्माण, मुल गेट स्थापना,बाउन्ड्री वाल लगायत नयाँ संरचना तयार भएबाट कुटीको रौनक बढेको पुण्यतिथिमा बताइएको थियो। वार्षिक पुण्यतिथिमा १५ सयको सङ्ख्याका साधुसन्तहरुलाई भण्डारा प्रसाद खुवाइएको आयोजकले बताएको छ। सो अवसरमा ५० का सङ्ख्यामा साधुहरुलाई दक्षिणा सहित न्यानो कपडा र कम्मल वितरण गरिएको थियो। कार्यक्रममा त्रिवेणी युवा समाज संस्थाले मन्दिर परिसरमा व्यवस्थापन सहितको प्रचारप्रसार कार्यक्रम गर्दै आएको अध्यक्ष अमर भट्टराई क्षेत्रीले बताउनु भयो। अध्यक्ष भट्टराई क्षेत्रीले संक्षिप्त प्रतिक्रिया दिदै छोटो समयमा कार्यक्रमको व्यवस्थापन गर्ने मौका पाएको बताउदै वर्तमान पिठाधिस मोहन पुरी बाबा विकास र धर्म प्रेमी रहनु भएकोले हाम्रो क्लबबाट प्रत्येक काममा सहयोग रहदै आएको प्रतिक्रिया दिनुभयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।