Rashtriya Dainik

कांग्रेस राजनीति तरंगित: गगन–विश्वप्रकाशसहित शीर्ष नेतामाथि निष्कासनको फैसला

काठमाडौँ ,३० पुस । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरू पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको निष्कर्ष निकाल्दै पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो।

केन्द्रीय सदस्य लक्ष्मी खतिवडाका अनुसार बैठकले पार्टी अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै उक्त कडा निर्णय लिएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित