चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन, संगीत–मनोरञ्जन क्षेत्रमा शोकको छाया

काठमाडौं,२७ पुस । नेपाली र भारतीय मनोरञ्जन जगतका लोकप्रिय गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। इन्डियन आइडल सिजन ३ का विजेता समेत रहनुभएका प्रशान्त तामाङले दिल्लीस्थित आफ्नै निवासमा हृदयाघातका कारण अन्तिम श्वास त्याग्नुभएको हो।
प्रशान्त तामाङ नेपाली दर्शक मात्र होइन, भारतीय श्रोता माझ पनि अत्यधिक मन पराइने कलाकार हुनुहुन्थ्यो। उहाँको अचानक निधनको खबरले संगीत, फिल्म र कलाकारी समुदायमा गहिरो शोक र स्तब्धता छाएको छ।
समाजिक संजालमार्फत गायक प्रमोद खरेलले श्रद्धाञ्जली व्यक्त गर्दै लेख्नुभएको छ, “कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो। प्रिय प्रशान्त तामाङ हामी बीच छैनन्। उफ… वैकुण्ठमा वास होस्।”
संगीतकार अर्जुन पोखरेलले पनि दुःख व्यक्त गर्दै लेख्नुभएको छ, “प्रशान्त खड्का हामी माझ रहेनन् भन्ने खबर आयो। मन भारी भयो। यो खबर असत्य होस् भन्ने चाहना थियो। प्रतिभाको चिर शान्तिको कामना गर्दछु।”
प्रशान्त तामाङको जन्म भारतको दार्जीलिङ जिल्लाको तुङ्सुङ गाउँमा भएको थियो। संगीत र अभिनय क्षेत्रमा उहाँले पाएको लोकप्रियता, सरल जीवनशैली तथा समर्पित कला यात्रा धेरैका लागि प्रेरणादायी रह्यो।
उहाँको अचानक निधनले समग्र सङ्गीत र फिल्मजगतमा अपूरणीय क्षति पुगेको प्रतिक्रिया व्यक्त गरिएको छ। प्रशान्त तामाङको सम्झना सदा जीवित रहनेछ, अरूको जीवनमा प्रेरणाको स्रोत बन्ने उहाँको कला र योगदानलाई समग्र कलाकर्मी तथा श्रोता समुदायले सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot