पर्सा | २५ पुस पर्साको ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित असहाय व्यक्तिहरूका लागि चिसो मौसमको प्रभाव कम गर्न उपकार सेवा नेपालले न्यानो कपडा वितरण गरेको छ। सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको उपकार सेवा नेपालले आश्रममा रहेका १८ जना आश्रितहरूलाई न्यानो कम्बल वितरण गरेको हो। आश्रममा अपाङ्गता भएका व्यक्ति, सुस्त मनस्थिति भएका, वृद्ध–वृद्धा तथा बालबालिकाको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै उक्त सहयोग उपलब्ध गराइएको संस्थाले जनाएको छ। कम्बल हस्तान्तरणका लागि आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारूले संयुक्त रूपमा २७ थान कम्बल आश्रमका प्रतिनिधि रामबहादुर थिङलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष सरावगीले जाडो मौसममा समाजका कमजोर र असहाय वर्गलाई न्यानोपन प्रदान गर्नु संस्थाको सामाजिक दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपकार सेवा नेपालले यसअघि पनि उक्त आश्रमलाई नियमित रूपमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गर्दै आएको छ। चिसो बढ्दै गएको यस समयमा प्राप्त न्यानो कम्बलले आश्रममा रहेका व्यक्तिहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ। सामाजिक अभियन्ता प्रकाश थारूले यस्ता मानवीय कार्यहरूले समाजमा सकारात्मक सन्देश फैलाउने बताउँदै सबैलाई आ–आफ्नो ठाउँबाट सहयोगी हात अघि बढाउन आग्रह गर्नुभयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।