बर्दघाट–९ मा जेष्ठ नागरिक तथा असक्तका लागि घरदैलो स्वास्थ्य सेवा सुरु

राष्ट्रिय दैनिक / नवलपरासी ,२५ पुस

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९ को सहयोग तथा पञ्चनगर स्वास्थ्य चौकीको आयोजनामा ७० वर्ष माथिका जेष्ठ नागरिक तथा असक्त व्यक्तिहरूलाई लक्षित गर्दै घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु गरिएको छ।

बिहिवार बर्दघाट–९ को शिवबस्ती टोलबाट कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको हो। बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठ र वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले जेष्ठ नागरिकलाई नियमित सेवन गर्ने औषधि तथा स्वास्थ्य परीक्षण सामग्रीसहितको झोला स्वास्थ्यकर्मीहरूलाई हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो।


कार्यक्रमअन्तर्गत वडा नम्बर ९ का सबै ५ वटा टोलमा स्वास्थ्यकर्मी टोली परिचालन गरी अशक्त तथा वृद्ध जेष्ठ नागरिकहरूको घरमै पुगेर स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण तथा उपचार सेवा प्रदान गरिनेछ।

यस कार्यक्रममार्फत वडा भित्रका जम्मा १८५ जना जेष्ठ नागरिक तथा असक्त व्यक्तिहरूलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको पञ्चनगर स्वास्थ्य चौकी प्रमुख बाबुराम तिमिल्सिनाले जानकारी दिनुभयो।


घरबाट बाहिर निस्कन कठिनाइ हुने जेष्ठ नागरिक र असक्त व्यक्तिहरूका लागि यो कार्यक्रम अत्यन्त प्रभावकारी हुने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot