आरपि उपाध्याय / नवलपुर ,१९ पुस पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ स्थित त्रिवेणी धाममा जारी प्रथम त्रिवेणी गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार एक महत्त्वपूर्ण तथा रोमाञ्चक खेल सम्पन्न भएको छ। त्रिवेणी युवा समाज नेपालको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबार त्रिवेणी युवा समाज फुटबल टिम र धनेवा एम.सी. क्लबबीच कडा प्रतिस्पर्धात्मक खेल भएको हो। निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटमार्फत गरिएको आयोजक क्लबका अध्यक्ष अमर भट्टराई क्षेत्रीले जानकारी दिनुभयो। पेनाल्टी सुटमा त्रिवेणी युवा समाजले धनेवा एम.सी. क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै जित हात पारेको खेल संयोजक पवन गुरुङले बताउनुभयो। खेलमा त्रिवेणी युवा समाजका खेलाडी शिव थारु उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो। उत्कृष्ट खेलाडी शिव थारुलाई कप प्रदान गर्दै वरिष्ठ पत्रकार आर.पी. उपाध्यायले “स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारालाई आत्मसात गरी खेल गतिविधि सञ्चालन गरिएमा त्यसको परिणाम सकारात्मक र सन्तोषजनक हुने धारणा व्यक्त गर्नुभयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।