Rashtriya Dainik

सुस्तामा बजार अनुगमन तीव्र, म्याद गुज्रेका खाद्य सामग्री नष्ट

आरपि उपाध्याय / नवलपरासी ,२२ असाेज

सुस्ता गाउँपालिका (ब.स.प.) ले पालिका क्षेत्र अन्तर्गतका बजार अनुगमन कार्य गरेको छ।
पालिका अन्तर्गतको वडा न.२ र ३ को फेनहरा लगायत क्षेत्रमा पर्ने बजार अनुगमन कार्य गरेको हो।
बजार अनुगमन कार्यमा पालिका उपाध्यक्ष गितादेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन प्रसाद रेग्मी,
राजस्व शाखा प्रमुख सनत कुमार गिरी लगायत जनप्रतिनिधि,कर्मचारी तथा सुरक्षा निकायहरूको टोलीले अनुगमन कार्य गरेको थियो।
सुस्ता गाउँपालिका अन्तर्गत दर्ता नगरी सञ्चालनमा रहेका व्यवसायहरुलाई दर्ता गर्नको लागि अभिप्रेरित गर्ने र दर्ताका निमित्त जानकारी गराउने प्रयास गरिएको राजस्व शाखा प्रमुख गिरीले जानकारी दिनुभयो।
अनुगमनको क्रममा म्याद गुज्रेका र उपभोग्य अवधि समाप्त भएका च्याउच्याउ,कुरमुरे लगायत सामाग्रीलाई नियन्त्रणमा लिइ प्रहरी चौकी कुडियाका प्रतिनिधि,पालिका कर्मचारी,नगर प्रहरी र स्थानीय सञ्चारकर्मीको रोहबरमा नष्ट पारिएको जानकारी प्राप्त भएको छ।


सुस्ता गाउँपालिका अन्तर्गतका बजारहरुमा दर्ता नभएका पसल र म्याद गुज्रेका उपभोग्य सामाग्री बिक्री भइरहेको नागरिकको गुनासो चुलिएपछी पालिकाले अभियानकै रुपमा अनुगमन कार्यलाई निरंतरता दिएको थियो।
पालिकाले प्रारम्भ गरेको बजार अनुगमन कार्यलाई पालिका कै अन्य प्रमुख बजारहरुमा पनि अनुगमन हुनुपर्ने आवाज उठ्न थालेको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित