आरपि उपाध्याय / नवलपुर,१९ पुस लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवारले राष्ट्र सेवामा लागेका राष्ट्र सेवकहरुले आफुले पाएको जिम्मेवारीलाई कार्यान्वयन गरि परिणाम निकाल्न आग्रह गर्नुभयो। उहाँले आफुले पाएको जिम्मेवारी कार्यान्वयन गर्दा आउने कठिनाइलाई समयमै सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुपर्ने जिकिर पनि गर्नुभयो। मन्त्री कलवारले वन जोगाउनु हामी सबैको परम कर्तव्य रहेको बताउदै वन विनाशमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाग्ने जोकोहीलाई पनि कानुनी रुपमा कारवाही गर्न मातहतका निकायलाई निर्देशन पनि दिनुभएको थियो। जिल्ला वन कार्यालय नवलपरासी (ब.स.प.) को आयोजनामा पुर्वी नवलपरासीको त्रिवेणी धाममा आयोजित दुई दिने कर्मचारीहरुको टिम बिल्डिङ तालिमलाई उद्घाटन गर्दै मन्त्री कलवारले सो कुरा बताउनु भएको हो। सो अवसरमा वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले टिममा बसेर काम गर्दा लक्ष्य र उद्देश्यमा पुग्न सजिलो हुने बताउदै सबैले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानदारी पुर्वक काम गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले एक वर्षमा एकपटक भएपनि सबै कर्मचारी एक ठाउँमा बसेर मिटिङ,भेला र अन्तरक्रिया गरेमा कर्मचारीहरुमा नयाँ उर्जा आउने र सहकार्यको भावना बढ्ने धारणा राख्नुभएको थियो। कार्यक्रममा पश्चिम नवलपरासीका जिल्ला अधिकारी दिपक नेपालले जनताले दिएको जिम्मेवारीलाई कर्मचारीहरुले कानुनको दायराभित्र रहि छिटोछरितो रुपमा कार्य गर्ने बानी बसाल्नुपर्ने बताउदै उहाँले व्यक्तिगत रुपमा काम गर्दा असफल हुन सकिने भएकोले सामुहिक रुपमा गरिने कार्यको परिणाम सन्तोषजनक र परिणाममुखी निस्किने विचार व्यक्त गर्नुभयो। कार्यक्रममा प्रमुख प्रशिक्षक डा.आर.सी. लामिछाने लगायतले तालिमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। वरिष्ठ वन जिल्ला अधिकृत राजु क्षेत्रीको अध्यक्षतामा आयोजित दुई दिने कार्यक्रमको उद्घाटन समारोहमा जिल्ला अन्तर्गतका जिल्ला वन अधिकृत,वन अधिकृत,सहायक वन अधिकृत समेत गरि ६० को सङ्ख्यामा सहभागीहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालक अमजद अन्सारीले जानकारी दिनुभएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।