रामलिलाले मानसिक सुख र सामाजिक सद्भाव बढाउँछ, महायज्ञले गुरुभक्ति सिकाउँछ : रवि पाण्डेय

राष्ट्रिय दैनिक / नवलपरासी ,१३ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर–३, सरावलमा सञ्चालन भइरहेको श्री श्री १०८ हनुमान महायज्ञ अन्तर्गत पाँचौँ दिनको रासलिला कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका उपसभापति रवि पाण्डेयले रामलिला र महायज्ञबाट प्राप्त ज्ञानलाई जीवन व्यवहारमा उतार्न सबैलाई अनुरोध गर्नुभएको छ।

उपसभापति पाण्डेयले रामलिलाले मानसिक सुख, नैतिक चेतना र सामाजिक सद्भाव बढाउने बताउँदै हनुमान महायज्ञले गुरुभक्ति र स्वामीभक्तिको महत्व सिकाउने उल्लेख गर्नुभयो। उहाँले हनुमानको निस्वार्थ सेवा, अनुशासन र समर्पण भावनाले समाजलाई सकारात्मक दिशामा लैजाने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै उहाँले राम र लक्ष्मणको मर्यादा, कर्तव्यबोध र त्याग, साथै भगवान कृष्णको कर्मयोग, जीवन दर्शन र मानवताप्रतिको सन्देशबारे चर्चा गर्नुभयो। यज्ञ, रामलिला र रासलिलाले धर्म, संस्कृति र सामाजिक एकताको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।


उपसभापति पाण्डेयले आजको समयमा प्रविधिको गलत प्रयोग बढ्दै गएको प्रसंग उठाउँदै यज्ञ र रामलिलाजस्ता धार्मिक–सांस्कृतिक कार्यक्रमहरूले मानिसलाई एकजुट बनाउनुका साथै त्यस्ता लतबाट छुटकारा दिलाउन मद्दत गर्ने बताउनुभयो। यस्ता कार्यक्रममा सहभागिताले अत्यधिक स्क्रिन टाइम घटाई मानसिक शान्ति र आत्मिक सन्तुलन कायम गर्न सहयोग पुग्ने उहाँको धारणा थियो।

त्यसै क्रममा उहाँले नेपालको राजनीति र नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताउँदै अब असल, इमानदार र जिम्मेवार नेतृत्व छान्नुपर्ने समय आएको उल्लेख गर्नुभयो। धार्मिक र सांस्कृतिक चेतनासँगै नैतिक मूल्यको विकास भए मात्र समाज र राष्ट्र सही दिशामा अघि बढ्ने उहाँको निष्कर्ष थियो।

महायज्ञ अन्तर्गतको रासलिला कार्यक्रममा स्थानीयवासी, भक्तजन तथा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot